Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भवनको आग्रह ,सबैको सहयोग अपरिहार्य


  • शनिबार, बैशाख ६ २०७७

  • भवनको आग्रह ,सबैको सहयोग अपरिहार्य

    गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पीडित नेपाली समुदायप्रति चिन्ता व्यक्त गर्दै कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको सम्पन्न पदाधिकारी तथा पूर्वअध्यक्षहरुको बैठकमा बोल्दै उनले सबैसँग हातमा साथ मिलाएर हिड्न सबैलाई आग्रह पनि गरेका छन।

     कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्ने पनि बताए ।
    बैठकमा अध्यक्ष कुमार पन्तले कोरोना पिडित र नेपाल फर्किन चाहने नेपालीहरुका सम्वन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए ।
    बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव दिए ।
    बैठकमा पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौं नेपालीले जनताले दुःख पाएको बताउँदै संघले नेपाल सरकारको ध्यानकर्षण गराउनु पर्ने विचार व्यक्त गरे । उनले लकडाउनका कारण कृषी उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षेती व्यहोर्नु परेको बताए ।
    विदेशमा रहेका नेपालीका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघले थप सक्रियता देखाउनुपर्नेमा पूर्वअध्यक्ष जीवा लामिछानेले जोड थियो । पूर्वअध्यक्ष लामिछाने कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने भन्दै लाखौं नेपाली बेरोजगार हुने सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।
    संघका उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियमा रहेका नेपालीहरुले भोगेको समस्यका बारेमा जानकारी दिए ।
    बैठकमा रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान बस्नको लागि समस्या रहेको बताए । उनले विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
    बैठकमा संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधी र समस्याका बारेमा आफ्ना भनाई राखेका थिए ।
    कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शितका बारेमा प्रकाश पारेका थिए ।
    कोरोना भाइरसको महामारीपछि विश्वव्यापी नेपालले भोगेको समस्याका बारेमा संघका पूर्वअध्यक्षको महत्वपूर्ण भूमिका हुने बताए । अध्यक्ष पन्तको अध्यक्षतामा बसेको बैठक महासचिव डा. हेमराज शर्माले सञ्चालन गरेका थिए । स्मरणरहोस संघको बैठकमा पुर्व अध्यक्ष शेष घलेको उपस्थीती भने रहेन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij