काठमाडौ – पशुपतिको आर्यघाट पनि आजकाल फुसर्दमा छ । कोरोनाको संक्रमण र त्यसको संत्रासले मानव जाति नै त्रस्त बनिरहेको समयमा घडिका सुई पनि रोकिएको जस्तो भएको छ । मानिसको जीवन कोठाको चार भित्ता भित्र सिमित बन्न पुगेको छ । आर्यघाटमा दैनिक हुने भिडभाड मात्र होइन ,दैनिक ल्याइने लासको संख्या पनि ह्वात्तै घटेको छ । चराका हुलहरु आर्यघाटको सन्नाटालाई निहाली रहेका छन । वाँदरहरुको कारुणिक अनुहार पेटको भोक शान्त परिदिने दयालुको व्यग्र प्रतिक्षामा टोलाई रहेका छन ।











""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
