Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा नेपाली बिध्यार्थीका समस्या र एनआरएनको भुमिका


  • आइतबार, चैत्र २३ २०७६

  • अस्ट्रेलियामा नेपाली बिध्यार्थीका समस्या र एनआरएनको भुमिका

    डा.ज्ञानेन्द्र रेग्मी


    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानबजाती माहामारीको चपेटामा परिरहेको छ। अहिले विश्वका शक्तिशाली रास्ट्रका नेताहरु कसैले पनि सोचेका थिएनन् कि आँखाले नदेखिने यस भाइरसले सारा संसार नै ठप्प पारिदिन्छ भनेर । सारा विश्व नै अहिले सोच्न सकेको छैन यो बिकराल स्थिति कहिले सम्म जाने हो , कहिले सम्म लकडाउन मा बस्नु पर्ने हो ,कति लाख मानिस बेरोजगार हुनु पर्ने हो, कति मानिसले ज्यान गुमाउनु पर्ने हो, यस्ता यस्ता अनगिन्ति प्रश्नहरु तेर्सीएका छन ।
    तसर्थ यो समय कसैको लागि पनि सजिलो छैन। अस्ट्रेलियामा पनि यो अहिलेको सबैको चिन्ताको बिषय भएको छ भने भर्खरै पढ्न आएका बिद्यार्थीहरु र विद्यार्थी जीवन बिताइरहेकाहरूका लागि झन् गार्‍हो र चुनौतीपूर्ण समय भएको छ । केहि दिन र महिनाको अवस्था मात्र हेर्ने हो भने अहिले खासै फरक पर्नेवाला छैन तर केहि महिना जाने हो भने यसले बिध्यार्थीमा आर्थिक प्रभाव पर्ने भन्ने पक्कै देखिन्छ ।
    अस्ट्रेलियन प्रधानमन्त्रीको विभिन्न चरणको योजनाहरु र बिध्यार्थीहरुको समस्याहरुमा गैर आवाशीय नेपाली संघ अस्ट्रेलिया प्रतिको अपेक्षा जस्ता कुराहरुमा सामाजिक संजालमा विभिन्न धारणा आईरहदा अहिले सम्म हामीले के गरिरहेका छौै भन्ने बारेमा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाको महासचिब भएको नाताले केहि कुराहरु राखेको छु ।
    अस्ट्रेलियन सरकारले कोभिड १९ संक्रमित व्यक्तिहरुको सम्पर्क मा रहेका व्यक्तिहरु र विदेशबाट आएका व्यक्तिहरुलाई १४ दिन सेल्फ आइसोलेसन मा बस्न निर्देशन दिएपछि यस्तो परिस्थितिमा बिद्यार्थीहरुको लागि किनमेल गर्दिने मान्छे नहुने समस्या भएकोले हामीले बिद्यार्थीलाइ केन्द्रमा राखेर ३० दिन सम्म ति बिद्यार्थीहरुलाई पुग्नेखानेकुरा उपलब्ध गराउने कार्यको थालनी गर्र्यौ । बिद्यार्थी लाइ हेर्दा सानो रकम को सहयोग भए पनि यसले बहुमुल्य मानबिय सहयोग गरेको धारणा पाएका छौ । करिब २ सय बिद्यार्थी हरुलाई सहयोग गरिसकेकोअ वस्था हो छौ ।
    बिद्यार्थी हरुको छोटो समयको लागि हामीले गरेको जस्तो सेल्फ आइसोलेसनामा बस्ने जो कोहि लाइ २ हप्ताको लागि दैनिक सामग्री सहयोग अहिले अस्ट्रेलियन सरकारले पनि शुरु गरेको छ (न्यु साउथ वेल्स र भिक्टोरियामा) । त्यसैले गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाले दिर्घकालिन समस्या समाधान गर्न तर्फ प्रयासरत हुनु पर्छ भन्दै त्यसको लागि नेपाली राजदुतावास नै उपयुक्त माध्यम हुन्छ भनेर मैले संस्थाको महासचिबको नाताले महामहिम राजदुत महेश दाहाल ज्यु संग पोलिसी लेभलको कुरामा छलफल चलाएका छौ र राजदुतावासले यस विषमा अस्ट्रेलियन सरकारको शिक्षा मन्त्रालय संग पत्राचार सुरु गरि सक्नु भएको छ । हामीले छलफल गरेका कुराहरु यी बँुंदामा केन्द्रित छन् ।
    यस्तो विषम परिस्थितिमा अस्ट्रेलियन सरकारसंग अन्तर्राष्ट्रीय बिध्यार्थिहरुलाई फुल टाइम पढने प्राबधान भएको नीतिमा केहि समयको लागि खुकुलो गर्दै पार्ट टाइम पढन पाउने नीति ल्याउन अनुरोध गर्न सकिन्छ । यदि अस्ट्रेलियन सरकार यो बिषयमा लचिलो बन्न सके कलेज र युनिभर्सिटी पनि सजिलै चल्न सक्ने , बिद्यार्थीहरुलाइ पनि आर्थिक भार कम हुने देखिन्छ ।
    अन्तररास्ट्रीय उडानहरु खुलेमा कोरोनाको प्रभाब हुन्जेल छोटो समयको लागि बिद्यार्थीहरु युनिभर्सि्टिले शुरुगरेको अनलाइन पढाइ उनीहरुकै देशमा ग एर पढेर अनलाइन परीक्षा दिने बन्दोबस्त मिलाउने नीति पास गराउन अनुरोध गर्न सकिन्छ । यसो गर्न सकेमा काम ठप्प भएको अहिलेको परिस्थितिमा रेन्ट तिर्न र खान बस्न बिद्यार्थीले भोगेको समस्यामा केहि राहत हुने थियो भन्ने हाम्रो सोचाई छ ।
    कोभीड (१९ को प्रभाब हुन्जेल अन्तररास्ट्रीय बिद्यार्थीहरु र उनीहरुको डिपेण्डेण्टलाइ हप्तामा २० घण्टा काम गर्न पाउने अधिकारलाई खुकोलो गर्न अनुरोध गरी फुल टाइम काम गर्न पाउने कुरा माग गर्न सकिन्छ र त्यसको लागि प्रयास गरिनुपर्छ ।
    अहिले को कोभिड १९ को समस्याले विश्वलाई भयभित बनाएको अहिलेको विषम परिस्थितिमा सबै जना आफ्नो आफ्नो समस्याबाट गुज्रिरहेको र त्रसित भएको कुरा हामी सबैलाई अवगत नै छ र यो तितो सत्य पनि हो । सदस्यता शुल्कबाट विभिन्न प्रयोजनमा कटाएर बाकि रहेको केहि रकमबाट कार्यक्रम संचालन गर्दै आएको गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाले यस विषम परिस्थितिमा यहाँ कोहि पनि नेपाली खान नपाउने अवस्था नआओस भनेर मानबिय सहयोगमा जुटिरहेको छ । गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाले ठुला फाइनान्सियल समस्या समाधान गर्ने श्रोत र साधन दुवैले सामर्थ छैन भन्ने कुरा बुझिदिन बिद्यार्थी ,अभिभावाकहरु एवं अस्ट्रेलियामा रहनु हुने सम्पूर्ण नेपाली समुदायहरुलाई अनुरोध गर्दछु ।
    अहिलेको विषम परिस्थितिलाई मनन गर्दै ब्यहवारिक भएर हेर्दा यहाँ स्थित अत्यन्त कम बिकशित हाम्रोजस्तो मुलुकको राजदुतावासले
    बिद्यार्र्थीहरुको आर्थिक समस्या समाधान गर्न सक्छ जस्तो मलाइ लागेको छैन र त्यो अपेक्षा पनि गर्नु हुँदैन । तर राजदुतावासले दिर्घकालिन समस्याको समाधानको लागि प्रयत्नरत भएको जानकारी पाउदा एकदमै खुशी लागेको छ र राजदुतावासले समस्याको दिर्घकालिन समस्या समाधानको लागि एउटा उच्चस्तरिय समिती बनाएर अगाडि बढनुपर्ने देखिन्छ । तसर्थ अहिलेको विषम परिस्थितिमा हामी सबैले मितव्ययिता अपनाउने र सावधानी अपनाउने अनि आगामी ६ महिनाको लागि लाग्ने आफ्नो खर्च जुटाउने योजना आफुलेनै बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको छ ।

    -लेखक एनआरएन अस्ट्रेलियाका महासचिब हुनुहुन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij