Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा आठ नेपाली बिध्यार्थी कोरोनावाट प्रभावित


  • शनिबार, चैत्र १५ २०७६

  • अस्ट्रेलियामा आठ नेपाली बिध्यार्थी कोरोनावाट प्रभावित

    अस्ट्रेलियामा फैलिएको कोरोना महामारीको असर नेपाली बिध्यार्थीहरुमा पनि देखिन थालेको छ । कोरोनाको सक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपीङ सेन्टरहरु बन्द नभैसकेको अवस्थामा यसको प्रभाव बढदै गएको छ । अझसम्म केन्द्रिय सरकारले स्कुल तथा कलेज बन्द गर्ने निर्णय समेत नगर्दा बिध्यार्थीहरु यसवाट प्रभावित हुने जोखिम बढेको छ ।
    यसै सन्दर्भमा सिड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली बिध्यार्थीहरुमा कोरोना
    संक्रमण भएको पृष्टी भएको छ भने उनिहरु हाल आइसोलेसनमा रहेका छन । उनिहरु बस्ने अपार्टमेन्टमा पचासौ अन्य नेपाली बिध्यार्थी समेत बसोबास गर्दै आएका छन ।
    ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँंगै बस्ने अन्य तिन जनाले पनि परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको र उनिहरु आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन । हामीले उनिहरुको स्वास्थस्थितीका बारेमा चासो राखेका छौ र हालसम्म उनिहरु स्वस्थ रहेको जानकारी प्राप्त भएको राजदुत महेशराज दाहालले बताए ।
    यसै गरी मेलवर्नमा एकै परिवारमा रहेका तिन जनामा कोरोना संक्रमण देखिएपछि उनिहरुसँंग संसर्गमा आएकाहरुको पहिचान गरिन थालिएको छ । हामीकाँंहा हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नको गरि करिब आठ जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दुतावास उनिहरुसँंग संचार सम्पर्कमा रहेको अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए ।
    हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली बिध्यार्थी अध्यनरत रहेको र यस्तो परिस्थीतीमा सबैले संयम भएर घरमा बस्न र भिडभाडमा नजान राजदुत दाहालले सबैलाई आग्रह गरेका छन । राजदुत दाहालले शुक्रबार मात्र नेपालवाट राष्ट्रपती बिद्यादेवि भण्डारीले नेपाली बिध्यार्थीको बिषयमा फोन गरेर चासो ब्यक्त गरेको समेत बताए ।
    यस्तै मक्वारीफील्डमा र बंैकस्टाउनमा समेत नेपाली समुदायका दुइ सदस्य प्रभावित भएको संक्रमणमा परेको अपुष्ट समाचार प्राप्त भएको छ । तर यसको पुष्टी हुन भने सकेको छैन ।
    हामी काँंहा तिन बिध्यार्थीहरुले यो समस्याका बारेमा जानकारी गराएका छन र हामीले आइसोलेसनका लागि र खाद्य सामाग्रीका बारेमा सोधेका थियौ, उनिहरुले अहिले पर्दैन भनेका छन, हामी आवश्यक सहयोगका लागि तयार छौ, एनआरएनका युवा संयोजक इर्शाद अहमदले सुनाए ।
    सरकारले बिदेशवाट अस्ट्रेलिया आउने आफ्ना सबै नागरिकलाई प्रहरीको निगरानीमा दुइ हप्ता होटलमा आइसोलेसनमा राख्ने निर्णय समेत गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij