काठमाडौँ – काठमाडौ जिल्ला अदालतले विद्यार्थी नेता इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाकारी दिए ।
अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य रहेका राईले गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई बलात्कार गरेका थिए ।
त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
