Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्चार विद्येयकहरु पुनरावलोकन गर्न सरकार तयार छ : मन्त्री खतिवडा


  • शुक्रबार, फाल्गुन २३ २०७६

  • सञ्चार विद्येयकहरु पुनरावलोकन गर्न सरकार तयार छ : मन्त्री खतिवडा

    काठमाडौं– सूचना तथा प्रविधि एंव अर्थमन्त्री डा.युवराज खतिवडाले सञ्चारसम्बन्धी सबै विद्येयक पुनरावलोकन गरिने बताएका छन् । नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले सञ्चार सम्बन्धी विद्येयक मध्ये कतिपय राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा जाने चरणमा भएको, कतिपय प्रतिनिधि सभामा छलफल भइरहेको र कतिपय मन्त्रीपरिषदमा रहेकाले उपयुक्त विधिद्धारा सरोकारवालाहरुसंग छलफल गरेर सच्याइने बताए । उनले महासंघले खोजेको संशोधनको मस्यौदासहित छलफलका लागि आमन्त्रण समेत गरे ।


    मन्त्री खतिवडाले महासंघसंग सरकारको संवादहिनता तोडिदै छलफलको सुरुवात भएको समेत बताए । महासंघले उठाएका मागहरु नेपाली सञ्चार क्षेत्रको विकासका लागि महत्वपूर्ण भएको बताउँदै उनले संबोधन गर्ने प्रतिबद्धतासमेत जनाए । महासंघको प्रतिनिधिमण्डलसंग सकारात्मक ढंगबाट प्रस्तुत भएका खतिवडाले सरकार नयाँ ढंगबाट अघि बढ्न खोजेको संकेत गरे ।
    महासंघका अध्यक्ष गोविन्द आर्चायले विगतमा महासंघका मागलाई उपेच्क्षा गरिएको बताए । उनले सरकारलाई प्रेस स्वतन्त्रताको रक्षाका लागि काम गर्न आग्रह गर्दै कर्तव्य र जिम्मेवारीका बारेमा महासंघले काम गर्ने प्रतिबद्धता जनाए ।
    महासचिव रमेश विष्टले विगतमा सरकारले महासंघ र सञ्चार क्षेत्रलाई चरम उपेच्क्षा गरेको बताउँदै मन्त्री खतिवडा समक्ष महासंघले उठाएका मागहरु सम्बोधन गर्न आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij