नयाँदिल्ली– नागरिकता संशोधन कानुन ९सीएए० को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी मर्नेको संख्या २० पुगेको छ ।
समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै हिंसामा परी मृत्यु हुनेको संख्या २० पुगेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक गौतमले अस्पतालमा एक सय ८९ घाइतेको उपचार भइरहेको र २० जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईसँग बताएका छन् ।
उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायत क्षेत्रमा जारी हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ ।
नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरु भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
