Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली घर फर्किए


  • आइतबार, फाल्गुन ४ २०७६

  • चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली घर फर्किए

    काठमाडौँ — कोरोनाभाइरसको केन्द्र रहेको चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

    दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।

     


    उनीहरूलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

    चीनमा रहेका नेपाली विमानस्थलमा, तस्बिरमा हेर्नुहोस्
    विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुर लगिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij