काठमाडौं – काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाकाले सो केन्द्रको धम्महल भवन निर्माणका लागि रु ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम बरावरको चेक केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई हस्तान्तरण गरे । महानगरको वडा १० शंखमुलमा ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको सो केन्द्रलाई चेक हस्तान्तरपछि सम्वोधन गर्दै मेयर शाक्यले बुद्धको देश भनेर विश्वभर चिनाउन अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रले निकै ठूलो योगदान गरेको भन्दै यस्तो संस्थालाई महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
