काठमाडौं– नेपाली कांग्रेसकी युवा नेतृ तथा समाजसेवी रजनी थापाले नोवेल कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने कार्यमा सक्रिय छिन् ।
रजनी सचेतना नेपाल फाउण्डेशन मार्फत थापाले टोखा नगरपालिका वडा नम्बर ४ का प्रतयेक घरमा निशुल्क माक्र्स वितरण गर्नुका साथै रोगबारेमा जानकारी दिएकी हुन । कोरोना भाईरस सम्बन्धि सचेतनामूलक पर्चा पनि वितरण गरिएको थियो ।

पछिल्लो समयमा नोवेल कोरोना भाईरस छिमेकी देश चीनसहित विश्वका धेरै देशमा फैलिएर महामारीको रुप लिएको छ । नेपालमा संक्रमण कम देखिएपनि यस सम्बन्धी जानकारी हुनु र बच्ने उपाए थाहा पाउनु जरुरी हुन्छ ।

स्थानिय तहको निर्वाचनमा टोखा नगरपालिकाको उपप्रमुखमा थोरै मतले पराजित भए पनि थापा जनताको सेवामा सक्रिय रहेकी छिन् । डेंगो रोगको प्रकोपमा पनि उनी सक्रिय भएर जनताको सेवा गर्दै आएकी छिन् ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
