Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छाउगोठ भत्काउन गएका प्रहरीमाथि आक्रमण


  • आइतबार, माघ १९ २०७६

  • छाउगोठ भत्काउन गएका प्रहरीमाथि आक्रमण

    अछाम – छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरीमाथि अछाममा कुटपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका
    वडा नम्बर ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
    धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउँदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको प्रहरीले जनाएको छ ।
    हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरी चोट लागेको बताइएको छ।साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
    प्रहरी माथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएका छ । छाउगोठ भत्काउने अभियानमा अवरोध गर्ने जो कोहीलाई पनि कानुन दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij