Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन


  • बिहिबार, माघ १६ २०७६

  • वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन

    काठमाडौं– नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ । उनको निधनले नेपाल  पत्रकार महासंघ स्तब्ध भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    विगत केही वर्षदेखी अस्वस्थ्य रहनु भएका गुप्ताको ९२ वर्षको उमेरमा उपचारका क्रममा माघ १५ गते बुधबार निधन भएको हो । स्वर्गीय गुप्ताका ४ छोरा र ३ छोरी हुनुहुन्छ ।
    लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई नेपाल पत्रकार महासंघले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । उहाँ २०५६ भाद्रदेखि २०५८ फागुनसम्म महासंघ बाँके शाखाको सभापति हुनुहुन्थ्यो । शाखामा हाल अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका गुप्ता पछिल्लो समय किरण साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगतले एक जना सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाउनुका साथै महासंघ बाँके शाखाले एक सक्रिय अभिभावक गुमाएको छ।
    विज्ञप्तीमा भनिएको छ, नेपाल पत्रकार महासंघ स्वर्गीय गुप्ताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij