काठमाडौं– बागमती प्रदेशभरमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। तर उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने यो विदा लागु हुने छैन् ।
बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुनेछ।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।
उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
