काठमाडौ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अवकाश पाउन केहि साता मात्र बाँकी रहदा नेपाल प्रहरी भित्र भावी प्रहरी प्रमुखको लागी दौडधुप तिव्र बनेको छ । एक नम्बर प्रदेश का प्रहरी प्रमुख रहेका डिआइजी ठाकुर ज्ञवाली र सुदुर पश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी तारणी लम्साल विच प्रतिस्पर्धा छ । दुवै डिआइजी विभिन्न शक्तिकेन्द्र धाइरहेका छन ।
६ महिनाका लागी नयाँ प्रहरी प्रमुख छनोट हुन लागेको हो । छोटो कार्यकालका लागी प्रहरी प्रमुख हुने दौड भएकाले पहिला जस्तो चौतर्फी चासो भने देखिएको छैन । आइजीपी सहित नेपाल प्रहरीमा एआइजी , डिआइजी, एसएसपी र एपीहरुको बढुवा हुदैछ ।
विदाईको तयारीमा खनाल
सेवानिवृत्त हुन लागेका आइजीपी सर्वेन्द्र खनाल विदाईको तयारीमा लागेका छन । आफ्नो ३० वर्षे कार्यकाल पूरा गरेर उनी सेवा निवृत्त हुदै छन । जागिर अवधिभर उनी चर्चित अधिकृत का रूपमा चिनिए ।
कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरण वाहेक उनले अपराध नियन्त्रमा उल्लेखनीय कार्यसम्पादन गरे । आफ्ना समकालीन चर्चित अधिकृतहरू रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका खनाल तुलनात्मक रूपमा सफल आइजिपी देखिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
