इरान – इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु भएको सीएनएनले जनाएको छ ।
सीएनएनले जनाएअनुसार इमाम खमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नै लाग्दा दुर्घटनामा परेको थियो ।
त्यसमा १६७ जना यात्रु र ९ जना विमान चालक र सहचालक थिए । इरानका स्थानीय मिडियाले १८० जना यात्रु रहेको बताए पनि अहिलेसम्म १७६ जना रहेको पुष्टि भएको समाचारमा जनाइएको छ ।
उक्तः विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको बीबीसीले जनाएको छ ।
نخستین ویدئو از سقوط هواپیمای اوکراینی اطراف شهریار pic.twitter.com/M3bZiLLryQ
— خبرگزاری ایسنا (@isna_farsi) January 8, 2020
کولیوند، رئیس اورژانس کشور: گروههای امداد در محل سقوط هواپیما حضور دارند و تلاش می شود به زندهماندگان احتمالی کمک شود. pic.twitter.com/64tNWdrQ3v
— خبرآنلاين (@khabaronlinee) January 8, 2020
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
