ताइवान – ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ।
ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको थियो।
प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।
हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।
जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
