काठमाडौं– समाचारको विषयलाई लिएर नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता नरजंग तामाङलाई हुम्लाको खार्पुनाथ गाँउपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजंग शाही र स्थानीय जगदिश हमालले हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
महासंघको कर्णाली प्रदेश समितिका अनुसार पुस ११ गते समाचार संकलन गरेर फर्कने क्रममा पत्रकार तामाङलाई शाही र हमालले हतापात र दुर्व्यवहार गरेका थिए ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुर्व्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै प्रेस विरोधी यस्ता कार्य नियन्त्रणमा कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
