Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालय बन्द


  • मंगलबार, पुष ८ २०७६

  • चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालय बन्द

    सिरहा – चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । सिरहाको लहान र मिर्चैया नगरपालिका तथा बडियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकाले पुस ११ गते सम्मका लागि विदा दिएका हुन् ।

    स्थानीय तहहरुले पुस ७ देखि ११ गतेसम्म हिउँदे विदाबाट कटौती हुनेगरी विदा दिएको सार्वजनिक सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।

    हुस्सुसँगै बिहानैदिखि चल्ने शीतलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । स्थानीयतहले आफ्नो क्षेत्रभित्रका सवै विद्यालयहरु बन्द गर्न सार्वजनिक सूचना प्रकाशन गरेको भएपनि नीजि विद्यालयहरुले भने विदा दिएका छैनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij