Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिल्लीको कपडा गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु


  • सोमबार, पुष ७ २०७६

  • दिल्लीको कपडा गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

    दिल्ली- भारतको दिल्लीस्थित एक कपडा गोदाममा आगोलागी हुँदा पाँच महिलासहित नौ जना कामदारको मृत्यु भएको छ।रोहिनीको किरारी क्षेत्रमा रहेको उक्त आवासीय घरमा अवैध रूपमा सञ्चालित गोदाममा सोमबार आगोलागी भएको हो। आगोलागीबाट १० जना घाइते भएका छन्।

    ‘सन्जय गान्धी अस्पतालले पाँच महिलासहित नौ जनाको मृत्यु भइसकेको घोषणा गरेको छ,’ एक स्थानीय प्रहरी अधिकारीको भनाइलाई उद्धृत गर्दै द हिन्दुले जनाएको छ।

    तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने सात जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। पीडितहरू सोही भवनमा बस्ने र काम गर्ने गर्थे। किरारीको इन्द्र इन्क्लेभ क्षेत्रको गल्ली नम्बर १० बाट राति १२ बजेर २५ मिनेटमा घरमा आगोलागी भएको दिल्ली अग्नी सेवाका निर्देशक अतुल गर्गले बताए।

    ‘सूचना पाएलगत्तै दमकल घटनाग्रस्त क्षेत्रमा पुग्यो। त्यहाँ पुगेपछि आगो कपडा गोदाममा लागेको थाहा भयो।

    आगोलागी भएको भवन भुइँ तलासहित तीन तलाको थियो,’ गर्गले भने,’आगोका कारण दोस्रो तल्लामा सिलिन्डर पड्केको र कोठाको भित्ताका केही भाग भत्किएको थियो। दोस्रो तल्ला तीन जनाको जलेको शव फेला पारेका थियौं र हामीले त्यहाँबाट १० जनालाई तुरुन्तै अस्पताल पुर्‍यायौ।’
    भवनमा एउटामात्रै भर्‍याङ रहेको र कुनै पनि सुरक्षा उपकरण नभेटिएको उनले बताए। मृतक सबैको पहिचान खुलिसकेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij