Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर वर्षा र हिमपातपछि चिसो बढ्यो


  • सोमबार, मंसिर ३० २०७६

  • देशभर  वर्षा र हिमपातपछि चिसो बढ्यो

    काठमाडौं काठमाडौंसहित देशभर वर्षा र हिमपातपछि चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले देशभरको तापक्रम घटेको छ ।
    सोमबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।
    त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । तापक्रम घटेकाले काठमाडौंमा बिहान चिसो महसुस भएको छ ।
    विभागका अनुसार, सोमबार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ ।
    बुधबारबाट भने विद्यमान मौसमी प्रणालीमा सुधार आउने विभागले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij