काठमाडौं – धनुषाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा बम विस्फोटनमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको छ । विप्लव समूहले देशका विभिन्न स्थानमा वम विस्फोट गर्दै आएकाले शुक्रबार रातिको विस्फोटमा पनि सोही समूह संग्लन रहेको प्रहरीको दाबी छ । विप्लव समूहले भने आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
