Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति


  • शनिबार, मंसिर २८ २०७६

  • सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति

    इटहरी–जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    अदालतले शुक्रबार सिद्धबाबामाथि अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको हो । सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

    जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि उनी गत मंसिर १३ गते नै अस्पताल भर्ना भएका थिए । प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाट ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो ।

    तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij