काठमाडौँ – नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइएका छन् । अभियानको बुधबार बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।
तर, भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा चिनिँदै आएका शाहीले सो सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
