Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरी बढुवामा राजनैतिक हस्तक्षेप


  • शुक्रबार, मंसिर ६ २०७६

  • प्रहरी बढुवामा राजनैतिक हस्तक्षेप

     

     

    लामो समयको अन्तरालमा नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक र प्रहरी उपरिक्षकको रिक्त रहेको पदमा हालसम्म पनि बढुवा नहुनुको कारण राजनैतिक दवाव या संगठन बृद्धि विकास तर्फ उन्मुक्त किन हुन सकेन ? हुनत नेपाल प्रहरी २०४६को नेपालको राजनैतिक परिर्वतनसगैं संगठन प्रमुख चयनमा राजनैतिक हस्तक्षेप यर्थात देखिन्छ । आज लामो समय प्रश्चात राष्ट्रपुकार डटकम मार्फत मेरो अध्ययन र अनुभवलाई प्रस्तुत गर्ने जर्मर्को गरेको छु ।
    राज्यको विकास भनेकै सामाजिक, राजनैतिक, आर्थिक र शान्तिसुरक्षा । जवसम्म राज्यमा सुरक्षा निकायका संगठन प्रति राजनैतिक उतावचढावबाट उन्मुक्त हुँदैन, संगठनको सांगाठनिक रुप स्वतस्फुर्त रुपमा अनुनय गर्न सकिदैन । हाल रिक्त रहेको पदहरुमा बढुवाका लागि योग्य र सक्षम अधिकृतहरु बढुवाको लिष्टमा पर्लान्त ?नेपाल प्रहरीको बृद्धि विकासलाई केलाउने हो भने कति सक्षम अधिकृतहरु बढुवाको दायराबाट बाहिरीएको इतिहासमा भेटिन्छ । जस्तै २०४८ सालमा नेपाल प्रहरीको नियमावली संशोधन गरी ३० वर्षे कार्यकाललाई ३२ वर्षे लागु गरी आफु निकटका अधिकृतलाई संगठन प्रमुख बनाएको इतिहास भेटिन्छ । सरकार परिर्वतनको चलखेलसगैं आफ्ना आसेफासे र झोलेलाई चाहे ती अधिकृत सक्षम र योग्य किन हुन पथ्र्यौ र ? नेपाल प्रहरीको संगठन प्रमुख बनाउने खेलमा नवराज सिलवाल जस्ता अधिकृतहरु राजनीतिक चपेटामा परी आफ्नो प्रहरी संगठनमा कार्यरत २८ वर्षे अनुभव तुक्ष्ण भएको, नेपाल प्रहरीका एक कालका हस्तिहरु ज्ञानेन्द्रविक्रम महत, शेरबहादुर शाह र कुमार कोइराला जस्ता हस्ति अधिकृतरु पदमुक्त भएका नेपाल प्रहरीको इतिहासको कालखण्डमा पाउन सकिन्छ । हाल रिक्त रहेको पदमा पनि ठुलो राजनीतिक चलखेलको कारण वृद्धि विकास रोकि राख्नु पर्ने देखिदैन । हाल नेपाल प्रहरीमा अधिकृतहरु प्रति बृद्धि विकास नहुँदा आफ्नो भविष्य नै अन्धकार भएको महशुस गर्दछन् । प्रहरी अधिकृतहरुमा आफ्नो कार्यसम्पादन प्रस्तुत गर्न बृद्धि विकास नै एक उदाहरण हो । अबका दिनमा सक्षम योग्य अधिकृतहरु नै बढुवाको लागि हुन जरुरी छ । संगठनको सांगाठनिक संरचना संगठन प्रमुखले आफ्ना शाख राख्न जरुरी छ । हरेक बढुवामा राजनीतिक दवाव हुने हुँदा संगठन प्रमुखले यसलाई चिर्न जरुरी छ । प्रहरीलाई चुस्तदुरुस्त राख्न संगठन प्रमुखले अभिभावकको रुप लिन जरुरी छ । यसरी नै बृद्धि विकास तर्फ संगठन रुपान्तरण भइ अघि बढ्नु पर्नेछ । भविष्यमा राष्ट्रको सुरक्षा र नागरिकको सुरक्षा झन झन जटिल बनिरहेको अवस्थामा प्रहरीलाई विशुद्ध राजनीतिककरणबाट उन्मुक्त गराउन जरुरी छ । आजका अधिकृतहरु बढुवा भई संगठन प्रमुख हुने हुँदा बढुवा कार्य सम्पादन निष्पक्ष हुन जरुरी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij