Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जिल्ला अदालतको आदेश बदर माग गर्दै महरा गए उच्च अदालत


  • बिहिबार, मंसिर ५ २०७६

  • जिल्ला अदालतको आदेश बदर माग गर्दै महरा गए उच्च अदालत

    काठमाडौं -पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार  उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

    संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयार गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको हुन ।

    महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस गरिँदैछ। त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ।

    जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij