काठमाडौँ – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालले उपचारका लागि भर्ना भएका बालबालिकालाई चित्र कोर्ने प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा १५ जना बढी बालबालिका सहभागी भएको अस्पतालका निर्देशक डा. आरपी चौधरीले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघले सन् १९५४ देखि अन्तर्राष्ट्रिय बाल दिवस मनाउन शुरु गरेको हो । निर्देशक डा. चौधरीले भने ‘हाम्रो अस्पताल बालबालिकाको उपचारमा क्रियाशिल भएकोले यो दिवसमा हामीले पनि केही रचनात्मक काम गरेर यो दिवस मनाएका हौँ ।’
उनले भर्ना भएका बालबालिकाहरुलाई रिफ्रेस गर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको बताए । यसले बालबालिका पनि खुशी भए, अभिभावक पनि खुशी भएका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाहरुलाई उपहार पनि प्रदान गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
