Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्युत् उत्पादन सँगै आर्थिक सम्वृदिमा मुलुक अघि बढेको सन्देश दिएको छ – प्रधानमन्त्री


  • सोमबार, मंसिर २ २०७६

  • विद्युत् उत्पादन सँगै आर्थिक सम्वृदिमा मुलुक अघि बढेको सन्देश दिएको छ – प्रधानमन्त्री

    काठमाडौँ– सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
    आज रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।
    उद्घाटनपछि प्रधानमन्त्रीले भने ‘विद्युत् उत्पादन सँगै आर्थिक सम्वृदिमा मुलुक अघि बढेको सन्देश दिएको छ ।’ उनले विद्युत् उत्पादन र आत्मनिभरसँगै सरकार सडक पूर्वाधार तथा विकास निमार्णको बाटोमा अघि बढेको बताए ।
    त्रिशुली ३ ए बाट ९० मेगावाट विद्युत उत्पादन गर्ने योजना भएपनि जनताको अनावश्यक अवरोध तथा मुआब्जा मागका कारण आयोजनाको लागत बढी आएकाले ६० मेगावाट मात्र उत्पादन गर्न सकिएको प्रधानमन्त्री ओलीले बताए
    आयोजनाको पहिलो र दोस्रो युनिट (३०÷३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।
    नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनिया“ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) रहेको थियो ।
    आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याइ राष्ट्रिय प्रशारण प्रणालीमा प्रवाह गरिएको छ ।
    आयोजनाले किस्पाङबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सवस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सवस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।
    आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्टिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij