Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य


  • बुधबार, कार्तिक १३ २०७६

  • प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
    प्रधानमन्त्री ओली बुधबार नियमित स्वास्थ्य परीक्षणका क्रममा राजधानीको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए ।
    ग्रान्डी अस्पतालले बुधबार साँझ एक विज्ञप्ति जारी गरी उनको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको छ । उनको निजी चिकित्सक समेत रहेकी दिव्या सिंह शाह र अस्पतालका निर्देशक चक्रराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ।  विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण पुरा भएपछि आज राती वा भोलीसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने जनाएको छ । प्रधानमन्त्री ओलीलाई नियमित जाँचका क्रममा बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij