Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी


  • बुधबार, कार्तिक ६ २०७६

  • जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी

    जापानका सम्राट नारुहितोले औपचारिक रुपमा राजगद्दी सम्हालेका छन्। ५० वर्षका सम्राट नारुहितोले मंगलबार १८० देशका प्रतिनिधिबीच औपचारिक रुपमा आफ्नो दायित्व पुरा गर्ने वाचा गर्दै शपथ ग्रहण गरेका हुन्। नारुहितो गत मे १ तारिखका दिन सम्राट घोषित भएका थिए भने उनकी श्रीमती मसाको महारानी घोषित भएकी थिइन्।

    बुबा अकिहितोले राजगद्दी त्यगेपछि चरबद्ध रितिरिवाज पुरा गरी उनले औपचारिक रुपमा आज राजगद्दी सम्हालेका हुन्। नारुहितो दोस्रो विश्वयुद्धपछि जन्मिने पहिलो सम्राट हुन्।

    यसअघि आएको आँधीका कारण सार्वजनिक परेड अर्को महिनाको लागि सरेको छ। उक्त आँधीमा परी ८२ जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij