Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साउदी अरबमा पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ को मृत्यु


  • बिहिबार, असोज ३० २०७६

  • साउदी अरबमा पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ को मृत्यु

    साउदी अरब- पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै सो दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन्।

    दुर्घटनामा अरब र एसियाका तीर्थयात्रीहरु रहेको द गार्डियनले जनाएको छ। बस र ट्रली एक आपसमा ठोक्किँदा बस पड्किएर आगलागी समेत भएको थियो।
    घाइतेको अलहाम्ना अस्पतालमा उपचार भइरहेको मदिना प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij