Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेसीलाई छैटौं पटक गोल्डेन बुट


  • बिहिबार, असोज ३० २०७६

  • मेसीलाई छैटौं पटक गोल्डेन बुट

    एजेन्सि – स्पेनिस महारथी क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेसीले छैटौंपटक युइएफए गोल्डेन बुट जितेका छन्। ला लिगामा गत सिजन सर्वाधिक गोल गरेका मेसीलाई बुधबार गोल्डेन बुट प्रदान गरिएको हो। उनले गत सिजनमा ३६ गोल गरेका थिए।

    यो युरोपका लिगमा गत सिजनको व्यक्तिग सर्वाधिक गोल हो। लगातार तेस्रो पटक बुट जितेका उनले फ्रेन्च क्लब पिएसजीका फरवार्ड केलियन एमबाप्पेलाई ३ गोलले पारेका थिए।

    मेसीले यसअघि २०१८ र २०१७ मा पनि गोल्डेन बुट जितेका थिए। गत सिजन ३४ गोल गरेका उनले दुई वर्षअघि ३७ गोल गरेका थिए। उनले २०१० र २०१२ मा पनि गोल्डेन बुट हात पारेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij