Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लोकसेवाले २१६ सहसचिव र ४७२ उपसचिवका लागि खुलायो विज्ञापन


  • बुधबार, असोज २९ २०७६

  • लोकसेवाले  २१६ सहसचिव र ४७२ उपसचिवका लागि खुलायो विज्ञापन

    काठमाडौं – लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ। निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्।

    आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसीर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ। दरखास्त फारम आयोगको वेवसाइट http://psc.gov.np बाट डाउनलोड गर्न सकिन्छ। दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

    विज्ञापन हेर्नुहोस्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij