Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल क्रिकेटको निलम्बन फुकुवा गर्ने आईसीसीको निर्णय


  • सोमबार, असोज २७ २०७६

  • नेपाल क्रिकेटको निलम्बन  फुकुवा गर्ने आईसीसीको निर्णय

    काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो ।
    यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।
    आईसीसीका अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij