Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु


  • सोमबार, असोज १३ २०७६

  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

    काठमाडौँ – पूर्वी रोल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।
    रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको छ । बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij