Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी स्वास्थ्य संस्था दशैं–तिहारमा खुल्लै रहने


  • सोमबार, असोज १३ २०७६

  • सरकारी स्वास्थ्य संस्था दशैं–तिहारमा खुल्लै रहने

    काठमाडौं – नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।
    स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।
    सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij