जाजरकोट – चट्याङ लागेर जाजरकोटको कुशे गाउँपालिकाको पाटनमा २३३ भेडा मरेका छन् ।
शनिबारको हावाहुरीसँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका हुन् । २५२ भेडा भने हराइरहेको कुशे गाउँपालिका–८, कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
