Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनकामना केवुलकारको ५ प्रतिशत भाडा बढ्यो


  • मंगलबार, भाद्र ३ २०७६

  • मनकामना केवुलकारको ५ प्रतिशत भाडा बढ्यो

    गोरखा – गोरखाको मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।
    यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।
    एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्‍याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
    केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij