Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामेछापको दोरम्बामा मारिएका १९ जनाको प्रतिमा अनावरण


  • आइतबार, भाद्र १ २०७६

  • रामेछापको दोरम्बामा मारिएका १९ जनाको प्रतिमा अनावरण

    रामेछाप – रामेछापको दोरम्बा हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । हत्याकाण्ड भएको १६ वर्षपछि सोही स्थानमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ ।
    तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो । २०६० साल साउन ३२ गते भएको यो हत्याकाण्डपछि सरकार र माओवादीबीचको वार्ता भंग भएको थियो । यो घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई सेनाले बर्खास्त गरेको थियो ।
    दोरम्बामा मारिएकाहरुको स्मरणमा स्थापना गरिएको प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए । प्रतिमा अनावरणको लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिए पनि मौसमको खराबीको कारण हेलिकप्टर उड्न नसकेपछि प्रचण्ड आउन सकेनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij