काठमाडौं – महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।
उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
