काठमाडौं । नेकपा विप्लव समूह निकट जनसंस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् । प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत बरामद गरेको छ । थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्।
थपलियालाई बागबजारमा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको इन्टिलिजेन्स युनिटले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
