काठमाडौं गैरआवासिय नेपाली संघको आगामी अक्टोबर १३ देखी १६ सम्म काठमाडौंमा हुने विश्व सम्मेलन एंव महाधिवशेनको मिति नजिकिर्दै गर्दा नेतृत्वको आंकाक्षीहरुको दौडधुप तिब्र बनेको छ । संसारभरी छरिएर रहेका नेपालीहरुको सबै भन्दा ठुलो र आधिकारिक संस्था गैरआवासिय संघको महाधिवेशन प्रवासी नेपालीहरुको लागि एउटा उत्सव नै हो । यति बेला प्रवासी नेपालीका नेताहरु विश्वका विभिन्न मुलुकहरुमा भइरहेका च्याप्टर अधिवेशन र क्षेत्रीय सम्मेलनहरुमा दौडधुप गर्नमा व्यक्त छन् । सम्मेलन र भेलाहरुमा पुगेर एनआरएनए नेताहरुले आफुलाई नेतृत्वको लागि सक्षम सावित गर्न कसरत गरिरहेका छन् ।
वर्तमान अध्यक्ष भवन भट्टले आफु दोहो¥याएर उम्मेदवार नबन्ने जनाउ दिएपछि एनआरएनए महाधिवेशन थप प्रतिस्पर्धात्मक र रोचक बन्न पुगेको छ । युरोपको जर्मनीमा बसोबार र व्यवसाय गर्ने कुमार पन्त र बेलायतमा बसोबास र व्यवसाय गर्ने कुल आचार्य नेतृत्वका मुख्य दावेदार देखिएका छन् । दुवै जना भवन भट्ट नेतृत्वको कार्यसमितिका उपाध्यक्ष हुन ।
नेपालमा आर्थिक लगानी भित्राउने, विदेशमा रहेका नेपालीहरुविच भाषा, संस्कृति तथा सभ्यतताको संरक्षण गर्ने र प्रवासी नेपालीहरुलाई परेको समस्याहरुको समाधान खोज्ने जस्ता उद्देश्य लिएर स्थापना भएको एनआरएनएको नेतृत्वमा पुग्ने आकांक्षा र आकर्षण बढ्दै गएको देखिन्छ । तर उक्त संस्था आफ्नो मुल उद्देश्य प्रति कति जिम्मेवारीपूर्वक क्रियाशिल हुन सक्यो भन्ने विषय बहसकै रुपमा छ ।
नेतृत्वको लागि आकांक्षी कुल आचार्य नेपालको बांलुङबासी हुन भने कुमार पन्त नेपालको गोरखाबासी हुन । व्यवसायीक जीवनमा दुवै उम्मेदवारलाई सफल रुपमा हेरिन्छ । एनआरएनएको मुल उद्देश्य प्राप्तीको लागि प्रष्ट दृष्टिकोणको साथ आचार्य र पन्त चुनावी मैदानमा होमिएको दावी गरेका छन् । राजनीतिक रुपमा एनआरएनए कतै पनि नढल्किने साझा चरित्रको संस्था भएपनि निर्वाचनका बेला धेरैथोरै राजनीतिक प्रभाव समेत पर्ने गरेको छ । एनआरएनए संस्थाको गठन र यसको चरित्रका कारण भने विभिन्न शक्ति केन्द्र हावि हुने गरेको देखिन्छ । विशेष गरेर संस्थापक अध्यक्ष उपेन्द्र महत्तो जसलाई उक्त संस्था भित्र रसियन समुहका रुपमा चिनिन्छ र पूर्व अध्यक्ष शेष घले समुहको समर्थनले एनआरएनएको निर्वाचनलाई प्रभावित पार्ने विश्लेषण गरिदै आएको छ । युरोप र बेलायत क्षेत्राबाट दुवै अध्यक्षका प्रत्यासी मैदानमा छन् । वर्तमान अध्यक्ष भवन भट्ट रहेको जापान, अमेरिका र खाडी मुलुक पनि एनआरएनएको राजनीतिको महत्वपूर्ण केन्द्र हो ।
पन्तसंग दुवै कार्यकाल उपाध्यक्ष रहेको अनुभव छ भने आचार्यसंग एक कार्यकाल उपाध्यक्ष र एनआरएन युकेको अध्यक्ष बनेर काम गरेको अनुभव छ । दुवै उम्मेदवार संगठन बुझेका र प्रवासी नेपालीहरुका लागि महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन ।
आचार्य र पन्त अध्यक्षमा प्रतिस्पर्धा गरिरहँदा अन्य पदका आकांक्षीहरुको दौढधुप पनि कम छैन् । उपाध्यक्षमा सपिला राजभण्डारीले दोहो¥याउने आकांक्षा राखेको बुझिन्छ । महासचिव बद्री केसी, ओशिनाका संयोजक धर्म अधिकारी, एसिया संयोजक किरण थापा र अमेरिका पूर्वक्षेत्रिय संयोजक सोनाम लामा पनि उपाध्यक्षका आकांक्षी हुन । ओशियानाका धर्म अधिकारी बौद्धिक र एनआरएनएलाई नजिकबाट बुझेका व्यक्ति हुन ।
महासचिवमा वर्तमान सचिव डिबी क्षेत्री, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडल र हेमराज शर्मा लगायतकाले उम्मेदावरी दिने तयारी गरेको बताइन्छ । त्यसैगरी सचिवमा बेलायत निवासी विनय अधिकारी प्रबल दावेदार हुन । केहि समय अघि लण्डनमा वृहत सम्मेलन गरी एनआरएनएका मुद्धाहरुमा गहकिलो बहस चलाएका अधिकारी पनि यति बेला चुनावी अभियानमा होमिएका छन् । अमेरिका क्षेत्रिय संयोजक गौरीराज जोशी , एनआरएनए युरोपका संयोजक शिव बरुवाल पनि सचिवका आकांक्षी छन् । त्यसैगरी कोषाध्यक्षमा सोम सापकोटा, आरके शर्मा र महेश श्रेष्ठले चाहना प्रकट गरेको बताइन्छ । अध्यक्षका आकांक्षी आचार्य र पन्तले क–कसलाई आफ्नो प्यानलमा लिन्छन् भन्ने निश्चित भइसकेको छैन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
