Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरमा चार्जमा राखेको मोवाइलमा गेम खेल्दा एक किशोरको मृत्यु


  • बिहिबार, साउन १६ २०७६

  • विराटनगरमा चार्जमा राखेको मोवाइलमा गेम खेल्दा एक किशोरको मृत्यु

    विराटनगर – चार्जमा राखेको मोवाइल खेल्दा एकजनको मृत्यु भएको छ । बुधबार मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।
    मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा मध्यरातमा उनलाई करेन्ट लागेको थियो । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
    सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।
    प्रहरीका अनुसार करेन्ट लागेर छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij