Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ


  • बुधबार, साउन १५ २०७६

  • पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।
    बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।
    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij