Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बसलाई ट्रकले ठक्कर दिँदा १५ जना घाइते


  • शुक्रबार, साउन १० २०७६

  • बसलाई ट्रकले ठक्कर दिँदा १५ जना घाइते

    चितवन – चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् ।
    शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
    बसका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
    ठक्कर दिने ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij