Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नु भएको होइन – बाँस्कोटा


  • बिहिबार, साउन ९ २०७६

  • प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नु भएको होइन – बाँस्कोटा

    काठमाडौं –  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको बताएका छन्।

    बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै बाँस्कोटाले प्रधानमन्त्रीले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाए।
    प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन। मिडियाले हल्ला फैलाएको मात्रै हो,’ उनले भने, ‘मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ।’
    साथै प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए।
    ‘नेपाल सुन्दर देश छ, पशुपति छ। यहाँ घुम्न मान्छेहरू आइराख्छन्,’ उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् होला नि होइन त ? फेरि किन कर्मचारीलाई भेटिराख्ने ?’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij