धादिङ -पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।
काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
