Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो (मृतकको नामावलीसहित)


  • सोमबार, असार ३० २०७६

  • अपडेट : बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो (मृतकको नामावलीसहित)

    काठमाडौं – अविरत वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो ।
    यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
    बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो । बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।
    बाढीपहिरोमा परेर ११ बालक र ९ बालिकाको समेत मृत्यु भएको छ । ९ जनाको शव फेला परे पनि सनाखत हुन बाँकी छ । बाढीपहिरोमा ३१ वटा जिल्ला प्रभावित बनेको छ ।

    कुन जिल्लाबाट कसको मृत्यु भयो ?

    पाँचथर
    १. दिपन राई

    इलाम
    २. अञ्चल लावती

    झापा
    ३. एलिजा न्यौपान बालिका
    ४. सौगात चापागाई बालक

    भोजपुर
    ५. जगत बहादुर राई
    ६. जनक विक
    ७. मनकुमारी राई
    ८. शिव कुमार राई
    ९. शक्तिकुमार राई

    खोटाङ
    १०. रेखा राई
    ११. रोमन राई बालक
    १२. रोहन राई बालिका

    ओखलढुङ्गा
    १३. पासाङ पुटी शेर्पा महिला
    १४. खपुटी शेर्पा महिला
    १५. याङ्गी शेर्पा बालिका
    १६. कान्छी माया श्रेष्ठ महिला

    सुनसरी
    १७. सागर थापा

    उदयपुर
    १८. मन कुमार तामाङ
    १९. अर्का एक पुरुषको वेवारिसे शव सनाखत हुन बाँकी

    बारा
    २०. विक्की यादव बालक
    २१. अजित साह

    पर्सा
    २२. निखिल पटेल बालक
    २३. अनुप पटेल बालक

    रौतहट
    २४. शिव मंगल राउत पटेल
    २५. हरिन्द्र राम यादव
    २६. गायत्री देवी साह महिला
    २७. वीरेन्द्र मिश्र
    २८. उमेश राउत

    महोत्तरी
    २९. हमिद मिया बैठा धोवी
    ३०. १६/१७ महिनाको वेवारिसे बालकको शव फेला परे सनाखत हुन बाँकी

    धनुषा
    ३१. एक महिलाको शव फेला परेर सनाखत हुन बाँकी
    ३२. अर्का एक पुरुषको शव फेला परेर सनाखत हुन बाँकी ।
    ३३. अर्का एक बालकको शव फेला परेर सनाखत हुन बाँकी ।

    काभ्रे
    ३४. कृष्णा देवी रायमाझी
    ३५. गोमा दंगाल
    ३६. सुहावी दंगाल बालिका

    रामेछाप
    ३७. पदम कुमारी सुनुवार

    सिन्धुली
    ३८. हेमकुमारी सुनुवार
    ३९. कार्वन कापरी बालक
    ४०. सुनिता पौडेल
    ४१. सुनिता पौडेल बालिका

    मकवानपुर
    ४२. सन्त माया बलामी बालिका
    ४३. सानुकान्छा सुनार
    ४४. सृष्टि विन्दु बालिका

    रौतहट
    ४५. उमेश यादव

    धादिङ्ग
    ४६. अस्मिता गिरी बालिका
    ४७. राजकुमार ठकुरी

    चितवन
    ४८. अनिल रुचाल

    काठमाडौं
    ४९. निलु यादव
    ५०. सर्मिला यादव
    ५१. कुन्दन यादव बालक

    ललितपुर
    ५२. सरोज जिम्बा बालक
    ५३. गिता राना
    ५४. सन्दिप लो बालक
    ५५. अम्बिर गोले
    ५६. सुबेश बस्नेत

    दाङ
    ५७. भक्तसिंह बैजली बालक
    ५८. धनबहादुर सुनारी

    डोल्पा
    ५९. धर्मराज बोहरा
    ६०. फूल कुमारी सार्की

    सिराह
    ६१ं. रागनी कुमारी महतो बालिका
    ६२. पुरुषको शव सनाखत हुन बाँकी ।
    ६३. बालकको शव सनाखत हुन बाकी ।
    ६४.महिलाको शव सनाखत हुन बाँकी ।

    मोरङ
    ६५. एक पुरषको शव फेला परेर सनाखत हुन बाँकी ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij