Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु


  • बुधबार, असार २५ २०७६

  • कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

    काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ।
    गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरले जनाएको छ ।
    प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ।
    शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
    प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ।
    मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij