Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युवती कुट्ने ‘धर्ती माता’ ३० हजार धरौटीमा रिहा


  • मंगलबार, असार २४ २०७६

  • युवती कुट्ने ‘धर्ती माता’ ३० हजार धरौटीमा रिहा

    काठमाडौं– युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरले जनाएको छ ।
    प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो।
    आफूलाई धर्ती माता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij