Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुब्बा र ईन्जीनीयर घुससहित पक्राउ


  • मंगलबार, असार २४ २०७६

  • सुब्बा र ईन्जीनीयर घुससहित पक्राउ

    बारा -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले मंगलबार पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेका छन् ।
    सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैयाँ घुसलिदै गरेको अवस्थाबाट पक्राउ गरेको आयोगले जनाएको छ ।
    त्यस्तै ईन्जिनियर रायप्रकाश सतराले नेरामावि, बेनौलीको कम्पाउण्ड वाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न १५ हजार रुपैयाँ लिदै गरेको अवस्थाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij